大成就塔

पिस स्याँक्चुरी

पिस स्याँक्चुरी

पिस स्याँक्चुरी

‘युद्ध होईन,शान्ति कायम राखौँ’
~परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
को बारेमा
पिस स्याँक्चुरी
निर्माणाधीन यो महासिद्ध स्याँक्चुरी फर युनिवर्सल पिस, राजकुमार सिद्धार्थ जन्मनु भएको पवित्र बगैँचा नजिकै अवस्थित छ । यो स्याँक्चुरीको उद्देश्य भनेको उनै महाज्ञानी बुद्धले प्राप्त गर्नु अनि फैलाउनु भएको ज्ञानको सम्मान गर्नु रहेको छ । ज्ञान सागरमा मुक्तिका लागि भौंतारिइरहेका व्यक्ति, समुदाय र राज्यहरूलाई भाइचाराको नीति अवलम्बन गर्न र गराउन प्रेरणा दिने र तिनलाई एउटा सही दिशा प्रदान गर्ने ज्योतिको रूपमा यस संस्थाको विकास गरिनेछ ।

यस केन्द्रको बाहिरी डिजाइन वा संरचना फक्रँदै गरेको कमलको फूलको आकारको छ । त्यस्तै गरि यसको सँरचनाले घिउबाट बलिरहने दियोको प्रतिबिम्ब गर्छ । त्यस्तैगरी यसको बास्तु सँरचनाले स्तुपा र मन्डलाले उजागर गर्ने सँरचना पनि प्रतिबिम्ब गर्छ ।

यो स्याँक्चुरीको बास्तु सँरचनामा देखिने अन्य प्रतिकात्मक बस्तुहरु निम्न छन्ः
स्वर्ण रङ्गको शिखर छ जसले भगवान बुद्धले अथ्र्याउनुभएको तेह्रवटा भूमिहरूको वा ज्ञानका श्रृंखलाहरूको प्रतिनिधित्व गर्छ ।
त्यस्तै गरि यहाँ बनिने बिशाल कक्षमा व्याप्त प्राकृतिक प्रकाश र यसले दिने अलौकिक परिवेशले भगवान बुद्धले प्राप्त गर्नुभएको ज्ञानको महङ्खव अहिले पनि उत्तिकै सुन्दर र सत्य छ भन्ने बोध गराउँछ ।
भख्खरै जन्मेका बालक सिद्धार्थ समाएर उभिनु भएकी मायादेवीको सुनौलो रँगको मुर्ति निस्वार्थ रुपमा आफ्ना सन्तानलाई माया गर्ने यस धर्तीका सबै आमाहरुप्रति गरिएको सम्मानको रुपक हो । निस्वार्थ रुपले गरिने मायानै शान्तीको मुख्य श्रोत हो ।
स्याँक्चुरी वरिपरि रहेको पानीको पोखरी यस धर्तीका सबै प्राणीहरुप्रति ब्याप्त करुणाको प्रतिक हो ।
कमलको फुलः
भगवान बुद्धले दिनु भएको प्रसिद्ध पाँच महाज्ञानको प्रतिक हो
दियोः
हामी सबैमा निहित बुद्धत्वको प्रतिक हो
स्तुपाः
ज्ञानप्राप्त भगवान बुद्धको मस्तिष्क प्रतिक हो
मन्डलाः
ज्ञानप्राप्त पछि गरिने कर्मको प्रतिक हो
द युनिभर्सल पिस लाइब्रेरी
द युनिभर्सल पिस लाइब्रेरीमा भगवान बुद्धले दिनुभएका महान उपदेशहरू समाहित
भएका सूत्र, तन्त्र अनि पुस्तकहरू सङ्ग्रहित गरिनेछन् । भगवान बुद्धले दिनुभएको ज्ञानमाथि विश्वप्रख्यात गुरुहरूले गर्नुभएका व्याख्याहरू सङ्ग्रहित पुस्तकहरू पनि यहाँ सङ्कलन गरिनेछन् । यस्ता पुस्तकहरू डिजिटल र मुद्रित दुवै माध्यममा उपलब्ध हुनेछन् । विभिन्न आध्यात्मिक आस्था र विश्वास बोकेका गुरुहरूले विभिन्न समयमा विश्व शान्तिमाथि राख्नुभएका विचारहरू सङ्कलन भएका पुस्तकहरू पनि यहाँ रहनेछन् ।
Read More
द पिस म्युजियम वा शान्ति सङ्ग्रहालय
यो संग्रहालयको उद्देश्य भनेको यहाँ अवलोकनार्थ पाल्नुहुने व्यक्तिलाई आध्यात्मिक र कलासम्बन्धी अनुभव प्रदान गर्नु रहेको छ । यहाँ राखिने अमूल्य कृतिहरूमा चित्रहरू, मूर्तिहरू, पवित्र मानिएका पुस्तकहरू र धार्मिक अनुष्ठानले महङ्खवपूर्ण मानिएका सामग्रीहरू हुनेछन् । यस्ता अमूल्य वस्तुहरूका लागि स्थायी भण्डारण बनाई यहाँ बडो जतनका साथ आम मानिसहरूको दशनार्थ र अध्यनार्थ राखिनेछ ।
Read More
द ग्य्रान्ड एसेम्ब्ली हल अथवा ठूलो सभा कक्ष
आधुनिक प्रविधिले सुसज्जित यस स्टेट अफ् आर्ट कक्षमा विभिन्न सभासम्मेलन गर्न सकिनेछ । एक हजार पाँच सय आरामदायी कुर्सी भएको यो सभा कक्ष यति विशाल र भव्य हुनेछ कि यी कुर्सीहरू हटाउँदा यहाँ पाँच हजार मानिसहरू पनि अटाउन सक्नेछन् । यस कक्षलाई प्रवचन, सभा, सेमिनार वा छलफल कार्यक्रमहरू अनि आत्मशक्ति विकासका लागि गरिने सबै खाले कार्यक्रमका लागि प्रयोगमा ल्याउन सकिनेछ ।
Read More
ध्यान कक्ष र कोठाहरू
यस स्यान्क्चुरी भ्रमण गर्ने जोकोहीले ध्यान गर्न चाहेमा त्यसकोलागि बिशेष कक्षहरु उपभोग गर्न पाउनेछन् । यस्ता पाहुनाहरूले चाहेका खण्डमा भिक्षुहरूसँगै ध्यान गर्न पनि दिइनेछ । छोटो अथवा दीर्घकालीन सबै प्रकारका रिट्रिट वा ध्यानको व्यवस्था गरिनेछ । यस केन्द्रको व्यवस्थापन गर्न चाहिने विभिन्न कार्यालय कक्षहरू पनि यही परिसरभित्र रहनेछन् ।
Read More
द युनिभर्सल पिस इन्स्टिच्युट
द युनिभर्सल पिस इन्स्टिच्युटको आफ्नै बृहत् शिक्षण सामग्री र पद्धति हुनेछ । यहाँ बौद्ध दर्शन लगायत द्वैतवाद, इतिहास, हिमाली संस्कृति, संस्कृत नेपाली, तिब्बती र अङ्ग्रेजी भाषाहरू पनि अध्यापन गराइनेछ । यस संस्थाभित्र एउटा खोज अनुसन्धान केन्द्र पनि रहनेछ । यस अनुसन्धान केन्द्रमा काम गर्ने व्यक्तिहरूमा विभिन्न शोधकर्ताहरू हुनेछन् जसले प्राचीन र आधुनिक तिब्बती भाषामा लेखिएका बौद्धधर्मसम्बन्धी पुस्तकहरूको संकलन, चर्चा र व्याख्या गर्नेछन् ।
Read More
’’भगवान गौतम बुद्धको जन्मस्थल, यो पवित्र स्थलमा बिद्यमान सुन्दरता र यसमा निहित बिशिष्ट महत्व बोध गर्न पाउँदा म निकै हर्षित भएको छु । यो पावन भुमीमा आउँदा मलाई भगवान बुद्धले एउटा राजसी ठाँटमा हुर्किएको राजकुमारदेखि यो बिश्वकै सबभन्दा महत्वपुर्ण मध्ये एक धर्मको प्रवर्तकसम्म गरेको यात्राको सम्झना हुन्छ । वहाँले प्राप्त गर्नु भएको ज्ञान अनि प्रतिपादन गर्नु भएको जीवन दर्शनको आधारमा हामी यस संसारमा विद्यमान विभिन्न समुदाय, धर्म, आस्था, संस्कृति बोकेका मानिसहरू र तिनका देशबीच शान्ति, अमनचयन, मित्रता, भाइचाराको सम्बन्ध कायम राख्न सक्छौ“ । हामी मानव जातिले गर्नुपर्ने भनेको यस विश्वलाई झनै शान्तिमय, हिंसारहित बनाउनु हो । यो विश्वलाई झनै सुन्दर र सबैलाई रमाउन सक्ने बनाउनु हो‘‘ ।
लुम्बिनी भ्रमणमा वान कि मुन, पुर्व महासचिव बिश्व सँघले दिनु भएको मन्तब्यबाट
‘‘यो तपाईंहरूको आफ्नै परियोजना हो । यसलाई रिन्पोचेको होइन बरु तपाईंहरूको आफ्नै होे भनी सोच्नुहोस् । यो हामी सबैको परियोजना हो । यदि तपाईंलाई यो परियोजना राम्रो लाग्छ भने यस परियोजनाबाट उत्प्रेरित भएको महसुस गर्नुहुन्छ भने र यस विश्वलाई शान्तिमय बनाउन चाहनुहुन्छ अनि यसका निम्ति तपाईंमा दान गर्ने चाहना छ भने आफ्नो इच्छाको सदुपयोग गर्ने यो राम्रो अवसर हो’’ ।
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
‘‘मन्दिरहरू निर्माण गर्नु सुन्दर कार्य हो, अझ झन लुम्बिनी जस्तो पवित्र तीर्थस्थलमा त यस्ता मन्दिहरू बनिनु अझै महङ्खवपुर्ण कार्य हो । तर हामीले सहिष्णुता र शान्ति रुपी मन्दिरहरू आआफनो हृदयमा बनाउन आवश्यक छ । यति हुँदामात्र, हामी जे जस्तो अवस्थामा भए पनि जहाँ जहाँ भए पनि आफूलाई वास्तविक पुण्यस्थलभित्र आश्रय पाएको अनुभुति गर्न सक्छौ“’’।
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
’’महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिसको उद्देश्य आम मानिसको मनमा विद्यमान आध्यात्मिक शक्तिको बिज मलजल गरि उमार्नु हो । आफ्नो स्वार्थ त्यागेर पवित्र मनले निस्वार्थ कार्यमा लाग्न चाहने जो कोहि पनि यो योजनामा सामेल हुन सक्छ । बुद्धले सिकाउनु भएको ज्ञानको आधारमा हामी हाम्रो विश्वमा शान्ती स्थापना गर्न सक्छौँ, सहनशिलता, बान्धुत्व र सद्भावको बिकास गर्न सक्छौँ‘‘ ।
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परिचय
परम आदरणीय श्री श्याल्पा तेन्जिन रिम्पोचेको जन्म हिमालयको काखमा अवस्थित सुन्दर शान्त गाँऊमा भएको थियो । जन्मजातनै विशेष स्वभाव र चरित्रले भरिएको लामा बालक, वहाँलाई चार वर्षको देखिनै लामाको रूपमा प्रशिक्षण दिन थालियो । वहाँले भारतको सारनाथ बुद्धिष्ट विश्वविद्यालयमा अध्ययन गर्नुभयो । त्यसपछि हाम्रो समयमा नाम चलेका विभिन्न गुरुहरूबाट शिक्षादीक्षा ग्रहण गर्नुभयो । असाधारण प्रतिभा भएका हाम्रो रिन्पोचेलाई सर्वगुण सम्पन्न महान गुरु डोग्चेनको अंशको रूपमा लिइन्छ ।
His Eminence Shyalpa Tenzin Rinpoche would like to invite all of humanity to participate and support this most sacred project and pay respect to Lord Buddha, the apostle of peace. In this way, everyone will have the opportunity to share in the meritorious karma.
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परिचय
दयाको खानी, परम आदरणीय श्री श्याल्पा तेन्जिन रिम्पोचेले हामीलाई कसरी हाम्रो यो अप्राप्य मानव जीवनको मूल सार तङ्खव अनुभव गर्न सकिन्छ बोध गर्न सहयोग गर्नु हुन्छ । कसरी प्रत्येक क्षणको बोध गर्न सकिन्छ, यो सिकाउनुहुन्छ । जसरी एउटा सानो साँचोको मद्दतले विशाल दरबारमा लुकाई राखिएका खजानासम्म पुग्ने बाटो देखाउने ढोका खोल्न मद्दत गर्दछ त्यसैगरी रिम्पोचेका मन छुने प्रस्टसँग राखिएका छोटामिठा वचनले हामीलाई हाम्रो दैनिकीलाई अर्थपूर्ण ढङ्गले सही मार्गमा लैजाने र जीवनमा सही परिवर्तन ल्याउने कुरालाई मन छुने किसिमले सिकाउँछ ।
His Eminence Shyalpa Tenzin Rinpoche would like to invite all of humanity to participate and support this most sacred project and pay respect to Lord Buddha, the apostle of peace. In this way, everyone will have the opportunity to share in the meritorious karma.
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परिचय
गत तीस वर्षदेखि हालसम्म परम आदरणीय श्री रिम्पोचेले एसियाका विभिन्न मुलकहरू, उत्तरी अमेरिकी र युरोपेली देशहरूमा अवस्थित आफ्ना संस्थाहरू मार्फत अनगिन्ती सेमिनारहरू सन्चालन गराई सक्नु भएको छ । मानसिक स्वास्थ्य लाभ लिन चाहनेहरूका लागि शिविर र कार्यशाला चलाउनुभएको छ । वहाँले स्थापना गरेका संस्थामा शरण लिन आउने आम निरीह मानिसहरूलाई आत्मबल दिने स्वभावका कार्यक्रम चलाएर उनीहरूको कल्याण गर्नुभएको छ । आफ्ना चेलाचेलीहरूका लागि रिम्पोचे अध्यापन र पूजा प्रतिष्ठान दुवै सञ्चालन गर्नुहुन्छ ।
His Eminence Shyalpa Tenzin Rinpoche would like to invite all of humanity to participate and support this most sacred project and pay respect to Lord Buddha, the apostle of peace. In this way, everyone will have the opportunity to share in the meritorious karma.
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परिचय
परमादरणीय रिम्पोचेले काठमाडौंमा श्याल्पा गुम्बा र भिक्षुणीहरूका लागि आवश्यक केन्द्रहरू स्थापना गर्नुभएको छ । पारम्परिक शैलीमा बुद्धमार्गी विचार अध्ययन अध्यापन गर्ने गराउने मिफान नामको एउटा आधुनिक अध्ययन केन्द्र पनि वहाँले स्थापना गर्नुभएको छ । यसका अतिरिक्त द हिमालयन चिल्ड्रेन्स फन्ड नामक संस्था पनि वहाँले सञ्चालनमा ल्याउनुभएको छ । यो संस्थाले आर्थिक अभाव भएका बालबालिकाहरूलाई अध्ययन गर्न आर्थिक सहयोग गर्दछ । सन् २००९ मा रिम्पोचेले हङकङमा वेन्चेङ गोङ्ग्झु इन्टरनेसनल फाउन्डेसन भन्ने संस्था स्थापना गर्नुभयो । पछि गएर यही संस्थाका शाखाहरू ताइवान र मलेसियामा पनि विस्तार गर्नुभएको छ ।
His Eminence Shyalpa Tenzin Rinpoche would like to invite all of humanity to participate and support this most sacred project and pay respect to Lord Buddha, the apostle of peace. In this way, everyone will have the opportunity to share in the meritorious karma.
परमआदरणिय श्याल्पा तेन्जिन रिम्पोचे
परिचय
सन् २०१३ मा नेपाल सरकारले परम आदरणीय श्री रिम्पोचेलाई पवित्र भूमि लुम्बिनीमा भगवान बुद्धको जन्मस्थल र वहाँका ज्ञान बुझाउने स्वभावको गतिविधि गर्न केही जमिनको व्यवस्था गरिदियो । यो केन्द्रको मुख्य उदेश्य भनेको शाक्यमुनि बुद्ध जन्मिएको पवित्र भूमिको सम्मान गर्नु हो, यसको महत्व ब्यापक पार्नु हो, अनि संसार विभिन्न धर्मसंस्कृति, भेषभुषा र आस्था भएका व्यक्तिहरुलाई यो बिश्वमा सद्भाव अनि बान्धुत्व स्थापना गर्न सहयोग गर्नु हो ।
His Eminence Shyalpa Tenzin Rinpoche would like to invite all of humanity to participate and support this most sacred project and pay respect to Lord Buddha, the apostle of peace. In this way, everyone will have the opportunity to share in the meritorious karma.
योजना सहभागि सँस्था र ब्यक्तिहरु
Deloitte
फिनान्सियल अडिटिँग
बिश्व प्रख्यात डेलोईट्टे कम्पनीले लेखा परिक्षण, एसुर्यान्स, कन्सल्टिँग, फिनान्सियल एडभाईजरि, रिस्क एडभाईजरि र अन्य सेवा प्रदान गर्छ । बिश्वको १५०वटा देशहरुमा यसले आफ्नो सेवा प्रत्यक्ष अनि अप्रत्यक्ष रुपमा प्रवाह गरेको छ ।
केप्लस्के एशोसिएट्स
मुख्य आर्किटेक्टहरु
हँगकँगस्थित अनुभवि आर्किटेक्ट र डिजाईनहरुको समुहको रुपमा कार्यरत यो सँस्था मोडर्न इन्टग्र्रेडेट आर्किटेक्चरको अवधारणामा कार्यरत छ । धार्मिक सँस्थाकोलागि आवश्यक बास्तु सँरचना डिजाईन गर्ने आर्किटेक्चर क्षेत्रको प्रभावशालि सँस्थाको रुपमा यसलाई लिईने गरिन्छ । केप्लस्केले आर्किटेक्चरमा झल्किने सेन्सुयावालिटीसँगसँगै सस्टेनीविलिटि अनि एनर्जी इफिसियन्सि अनि ईन्वारोमेन्टल रेस्पोन्सिविलिटिलाईपनि उत्तिकै महत्व दिने गर्दछ ।
बेजिँग ईन्स्टिच्युट अफ् आर्किटेक्चरल डिजाईन
स्ट्रक्चरल ईन्जिनियरहरु
यो सँस्थाको स्थापना सन् १९४९को अक्टोबरमा भएको थियो । सरकारी स्वामित्ब्वमा रहेको यो डिजाईन अनि कन्सल्टिँग कम्पनीले आर्किटेक्चरल र कन्सल्टिँगसम्बन्धि उच्चस्तरिय सेवा प्रदान गर्ने गर्दछ ।

बिआईडीको शाखाको रुपमा बिकास गरिएको यो रिसर्च डिपार्टमेन्ट अफ् स्ट्रक्चर (आरडिएस) मा सयौँ ईन्जिनियरहरु कार्यरत छन् । अनुभवि यस्ता ईन्जिनियरहरुमा कोहि प्रोफेसर हुनुहुन्छ भने कोहि बिश्वप्रख्यात बिश्वबिद्यालयबाट उच्चस्तरिय अध्ययन गरेका विज्ञ हुनुहुन्छ । यो सँस्थाले सन् २००८ र २०२२मा आयोजित अनि आयोजना हुन लागिरहेको बेजिँग समर र विन्टर ओलम्पिक खेल र कतार वल्र्ड कप जस्ता आयोजनामा काम गरेको वा गर्दै गरेको अनुभव छ ।
अर्काडिस
क्वान्टिटि सर्वेएर
मलेशियास्थित यो सँस्थाका अरु शाखाहरु पनि छन् । यसको कोर सर्विसमा क्वान्टिटी सर्वेयिँग, कन्ट्रक्सन कस्ट म्यानेजमेन्ट र प्रोेजेक्ट म्यानेजमेन्ट आदि छन् । यो सँस्था सामेल भएको आयोजनहरुामा हँगकँग झआई मकाओ ब्रिज, वुहान स्पन्ज सिटी प्रोजेक्ट, जेवेल चाँगि एयरपोर्ट, म्यानचेष्टर एयरपोर्ट आदि छन् ।
जेआरपी
MEVP ENGINEERS
जे. रोजर प्रेस्टन (मलेशिया) सन् १९९१मा स्थापना भएको स्थानिय मेकानिकल एन्ड इलेक्ट्रियल कन्सल्टिँग कम्पनी हो । यो सँस्थाले मेकानिकल र ईलेक्ट्रोनिक कन्सलट्यान्सी सेवा प्रदान गर्दछ । स्थानिय डेप्लवर्स, उद्योगपति, मल्टिनेश्नल बिदेशी कम्पनी र कन्सोर्टियमहरुनै यो सँस्थाका मुख्य ग्राहकहरु हुन् । यस मामिलामा यो सँस्था एशिया प्यासिफकमानै नाम कहलिएको छ ।
डाटुक लाई वुन होन
Chairman, Building Committee
Group Managing Director, Ireka Corporation Berhad
Board Member, Nam Long Investment Group, Vietnam
General Director, Hoa Lam Shangri-La Corporation, Vietnam
वहाँ इरेका कर्पोरेशन बेर्हाडको म्यानेजिँग डाईरेक्टर हुनुहुन्छ । पेशाले वहाँ बास्तुविद हुनुहुन्छ । बास्तुविदको रुपमा वहाँले लन्डनदेखि हँगकँगसम्म काम गर्नु भएको छ । वहाँ महासिद्ध पीस स्याँक्चुरीको चेयरम्यान पनि हुनुहुन्छ ।
एनजी लिम सेँग
सिनियर प्रोजेक्ट म्यानेजर, बिल्डिँग कमिटी
वहाँ प्रवुद्ध सिविल ईन्जिनियर हुनुहुन्छ । मलेशिया निवासी वहाँले सिँगापुरबाट सन् १९७६मा स्नातक अध्ययन पुरा गर्नु भएको थियो । गएको ४० बर्षदेखि वहाँ एशिया महादेशका बिभिन्न शहरहरुका भईरहेका निर्माण सेवासँग सम्बन्धित हुनुहुन्छ ।
ई. डा. लिम बुन टिओँग, पिएचडी
स्ट्रक्चरल ईन्जिनियरिँग एडभाईजर, बिल्डिँग कमिटी
मलेशिया, क्वालालम्पुर निवासी वहाँ कन्सल्टिँग ईन्जिनियरको रुपमा चिनिनुहुन्छ । एशियाका जटिल भन्दा जटिल ईन्जिनियरिँग स्ट्रक्चरल आयोजनासँग सम्बन्ध वहाँ निकै अनुभवि कन्सल्ट्यान्टको रुपमा चिनिनुहुन्छ ।
लुम्बिनी, नेपाल
बुद्धको जन्मस्थल
२६०० वर्ष अगाडि नेपालस्थित यो लुम्बिनीमा शाक्य बँशका, राजकुमार गौतम सिद्धार्थको जन्म भएको थियो । यो भनेको ईशापुर्व ६२३ बर्ष अघिको कुरा हो । ज्ञान प्राप्त गरिसके पछि साराले वहाँलाई शाक्यमुनि बुद्ध भनि मान्न थाले ।

यस पावन भूमिमा भगवान बुद्धको जन्मस्थल रहेको अनि यसको आफ्नै आध्यात्मिक र ऐतिहासिक महङ्खव भएको यथार्थलाई सम्मान गर्दै सन् १९९७मा लुम्बिनीलाई विश्व सम्पदाको सूचीमा सामेल गरियो ।

यहाँ ढुँगाबाट बनिएको सम्राट अशोकले निर्माण गर्नु भएको अशोक स्तभ्म, स्तम्भमा ब्राह्मी लिपिमा पाली भाषामा भगवान बुद्धको जन्मस्थल यहि हो भनि कँुदिएकोे लेखोट पनि छ ।

बौद्धमार्गीहरुकोलागि यो बिश्वकै चारवटा पवित्र स्थलहरुमध्ये लुम्बिनी एक हो ।

बिभिन्न जात, धर्म र आस्था भएका नरनारीहरुकोलागि ध्यान गर्नकोलागि उचितस्थल हो, लुम्बिनी ।

अनुसन्धानकर्ता र पत्रकारहरुकोलागि अध्ययन, अनुसन्धानकोलागि एउटा ऐतिहासिक अनि सम्पदाले भरिएको स्थल हो, लुम्बिनी ।

स्थानियहरुकोलागि जिविकापार्जन गर्न चाहिने स्थल हो, लुम्बिनी ।