大成就塔

उपलब्ध सेवाहरु
द युनिभर्सल पिस लाइब्रेरीमा भगवान बुद्धले दिनुभएका महान उपदेशहरू समाहित Read More
भएका सूत्र, तन्त्र अनि पुस्तकहरू सङ्ग्रहित गरिनेछन् । भगवान बुद्धले दिनुभएको ज्ञानमाथि विश्वप्रख्यात गुरुहरूले गर्नुभएका व्याख्याहरू सङ्ग्रहित पुस्तकहरू पनि यहाँ सङ्कलन गरिनेछन् । यस्ता पुस्तकहरू डिजिटल र मुद्रित दुवै माध्यममा उपलब्ध हुनेछन् । विभिन्न आध्यात्मिक आस्था र विश्वास बोकेका गुरुहरूले विभिन्न समयमा विश्व शान्तिमाथि राख्नुभएका विचारहरू सङ्कलन भएका पुस्तकहरू पनि यहाँ रहनेछन् ।
द पिस म्युजियम वा शान्ति सङ्ग्रहालय Read More
यो संग्रहालयको उद्देश्य भनेको यहाँ अवलोकनार्थ पाल्नुहुने व्यक्तिलाई आध्यात्मिक र कलासम्बन्धी अनुभव प्रदान गर्नु रहेको छ । यहाँ राखिने अमूल्य कृतिहरूमा चित्रहरू, मूर्तिहरू, पवित्र मानिएका पुस्तकहरू र धार्मिक अनुष्ठानले महङ्खवपूर्ण मानिएका सामग्रीहरू हुनेछन् । यस्ता अमूल्य वस्तुहरूका लागि स्थायी भण्डारण बनाई यहाँ बडो जतनका साथ आम मानिसहरूको दशनार्थ र अध्यनार्थ राखिनेछ ।
द ग्य्रान्ड एसेम्ब्ली हल अथवा ठूलो सभा कक्ष Read More
आधुनिक प्रविधिले सुसज्जित यस स्टेट अफ् आर्ट कक्षमा विभिन्न सभासम्मेलन गर्न सकिनेछ । एक हजार पाँच सय आरामदायी कुर्सी भएको यो सभा कक्ष यति विशाल र भव्य हुनेछ कि यी कुर्सीहरू हटाउँदा यहाँ पाँच हजार मानिसहरू पनि अटाउन सक्नेछन् । यस कक्षलाई प्रवचन, सभा, सेमिनार वा छलफल कार्यक्रमहरू अनि आत्मशक्ति विकासका लागि गरिने सबै खाले कार्यक्रमका लागि प्रयोगमा ल्याउन सकिनेछ ।
ध्यान कक्ष र कोठाहरू Read More
यस स्यान्क्चुरी भ्रमण गर्ने जोकोहीले ध्यान गर्न चाहेमा त्यसकोलागि बिशेष कक्षहरु उपभोग गर्न पाउनेछन् । यस्ता पाहुनाहरूले चाहेका खण्डमा भिक्षुहरूसँगै ध्यान गर्न पनि दिइनेछ । छोटो अथवा दीर्घकालीन सबै प्रकारका रिट्रिट वा ध्यानको व्यवस्था गरिनेछ । यस केन्द्रको व्यवस्थापन गर्न चाहिने विभिन्न कार्यालय कक्षहरू पनि यही परिसरभित्र रहनेछन् ।
द युनिभर्सल पिस इन्स्टिच्युट Read More
द युनिभर्सल पिस इन्स्टिच्युटको आफ्नै बृहत् शिक्षण सामग्री र पद्धति हुनेछ । यहाँ बौद्ध दर्शन लगायत द्वैतवाद, इतिहास, हिमाली संस्कृति, संस्कृत नेपाली, तिब्बती र अङ्ग्रेजी भाषाहरू पनि अध्यापन गराइनेछ । यस संस्थाभित्र एउटा खोज अनुसन्धान केन्द्र पनि रहनेछ । यस अनुसन्धान केन्द्रमा काम गर्ने व्यक्तिहरूमा विभिन्न शोधकर्ताहरू हुनेछन् जसले प्राचीन र आधुनिक तिब्बती भाषामा लेखिएका बौद्धधर्मसम्बन्धी पुस्तकहरूको संकलन, चर्चा र व्याख्या गर्नेछन् ।